नेपालको संबिधान २०७२ मा ब्यबस्था भए अनुसार मुलुकमा संघ, प्रदेश तथा स्थानीय तह गरि ३ तहको संघीय शासन प्रणाली लागू गरी क्षेत्रगत् रुपमा तीनै तहले गर्ने कार्यहरुको सूची समेत स्पष्ट ब्यवस्था गरेको छ । नेपालमा संघीयता कार्यान्वयनको क्रममा बि.स. २०७५ साल कार्तिक महिना देखि देशका ७ वटै प्रदेशमा प्रदेश सरकारका भौतिक पुर्बाधार विकास मन्त्रालय हाल बागमती प्रदेशमा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय अन्तर्गत जनसंख्या तथा भौगोलिक क्षेत्रफल अनुसार खानेपानी तथा सरसफाई डिभिजन कार्यालयहरुको स्थापना भएको हो। यस खानेपानी तथा सरसफाई डिभिजन नं. 4 रामेछाप, दोलखा र सिन्धुली जिल्ला कार्यक्षेत्र हुने गरी बागमती प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको मिति 2075 सालमा स्थापना भई हाल खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रलाय अन्तर्गत रहेको कार्यालय हो। यस डिभिजन कार्यालयले रामेछाप र सिन्धुली जिल्लाको विभिन्न स्थानमा खानेपानी अभाव भएको क्षेत्रमा खानेपानी योजनाको निमार्ण कार्य गरि योजनाको निरिक्षण तथा अनुगमन गरि उपभोक्ता समिति/ठेक्का मार्फत पिउने पानीको समस्या समाधान गरि विकास निर्माण गरिन्छ।
© सर्वाधिकार सुरक्षित श्री खानेपानी तथा सरसफाई डिभिजन नं. ४, रामेछाप
Powered By: ProActive Developers